images
images

दोलखामा कोरोना विरुद्धको खोपः ३२ हजारले अझै पाएनन्, चार हजार डोज मात्रै मौज्दात

  • २८ माघ २०७८, शुक्रबार १७:३९

दोलखा । दोलखामा अझै ३२ हजार नागरिकले कोरोना विरुद्धको खोप लगाएका छैनन् ।

जिल्लाका १ लाख ५ हजार ६ सय ७७ जना नागरिकले कोभिड १९ विरुद्धको पुर्ण मात्रा खोप लगाए पनि अझै ३२ हजार नागरिकले खोप पाउन बाँकी रहेको स्वास्थ्य कार्यालय दोलखाको तथ्यांकले देखाएको हो । कार्यालयका अनुसार हालसम्म १२ वर्षदेखि १७ वर्ष उमेर समुहका १५ हजार १ सय ४७ जना र १८ वर्ष माथिका ९० हजार ५ सय ३० जनाले कोभिड १९ विरुद्धको पुर्ण मात्रा खोप लगाएका छन् । १२ वर्षदेखि १७ वर्ष उमेर समुहकाले मोर्डना र १८ वर्ष माथिका नागरिकले भेरोसेल, कोभिसिल्ड र जोन्सन एण्ड जोन्सनको खोप लगाएका हुन् । जिल्लामा १८ वर्षभन्दा माथिका ९४ हजार ४ सय १० जनाले पहिलो डोज लगाए पनि दोस्रो डोज पाउन बाँकी छ ।

दोलखामा अझै ३२ हजार नागरिकले कोरोना विरुद्धको खाप लगाएका छैनन् ।  १८ वर्षभन्दा माथिका ९४ हजार ४ सय १० जनाले पहिलो डोज लगाए पनि दोस्रो डोज पाउन बाँकी छ । दोलखामा कोरोना विरुद्धको ४ हजार खोप मौज्दात रहेको छ । हालसम्म २८ सय ३ जनाले बुस्टर डोज खोप लगाएका छन् ।

दोलखामा हालसम्म २८ सय ३ जनाले बुस्टर डोज खोप लगाएका छन् । ६ सय २६ जनाले भेरोसेल र २ हजार १ सय ७७ जनाले भने कोभिसिल्डको बुस्टर डोज लगाएका हुन् । यस्तै, १२ वर्षदेखि १७ वर्ष उमेर समुहका १५ हजार १ सय ४७ जनाले कोभिड विरुद्धको मोर्डना खोपको पुर्ण मात्रा लगाएका छन् । हालसम्म १६ हजार ३ सय १३ जना बालबालिकाले पहिलो मात्र खोप लगाएका छन् । १८ वर्ष मुनिका २० हजार बढी बालकालिकाले खोप पाउनुपर्नेमा हालसम्म ७६ प्रतिशतले मोर्डनाको पुर्ण मात्रा खोप पाएका हुन् । अझै २४ प्रतिशत बालबालिकाले कोरोना विरुद्धको खोप पाउन बाँकी छ । जिल्लामा कोरोना विरुद्धको ४ हजार खोप मौज्दात रहेको छ । स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलका अनुसार हाल जिल्लामा ४ हजार ४ सय ८ डोज कोभिसिल्ड, जोन्सन एण्ड जोन्सन, भेरोसेल र मोर्डना खोप मौज्दात रहेको हो ।

सबैभन्दा बढी २ हजार १ सय ७० डोज कोभिसिल्ड खोप मौज्दात रहेको छ । यस्तै, १ सय १० डोज जोन्सन एण्ड जोन्सन, १ हजार ४ सय ९८ डोज भेरोसेल र ६ सय ६० डोज मोर्डना खोप मौज्दात रहेको छ । ती खोप स्वास्थ्य कार्यालयको खोप भण्डारण केन्द्रमा राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभरका स्वास्थ्य संस्थाहरुलाई खोपको मौज्दात अवस्थाबारे विवरण पठाउन आग्रह गरेपछि स्वास्थ्य कार्यालयले पनि खोपको विवरण संकलन गरेको हो ।यसअघि स्वास्थ्य मन्त्रालयले पत्रचार गर्दै ७ वटै प्रदेश आपुर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय र ७ सय ५३ वटै स्थानीय तहहरुलाई मौज्दात खोपको विवरण पठाउन निर्देशन दिएको थियो ।