images
images

चरिकोट अस्पतालको नयाँ नाम ‘पशुपति चौलागाई स्मृति अस्पताल’

  • २७ फाल्गुन २०७८, शुक्रबार १२:०१

दोलखा । दोलखास्थित चरिकोट अस्पतालको नयाँ नाम पशुपति चौलागाईँ स्मृति अस्पताल राखिएको छ ।

बागमती प्रदेश सरकार अन्तर्गत सञ्चालित चरिकोट अस्पताललाई ‘पशुपति चौलागाई स्मृति अस्पताल’ को रुपमा नयाँ नामाकरण गरिएको हो । आजबाट पुरानो बोर्ड हटाएर पशुपति चौलागाई स्मृति अस्पताल भएको नयाँ बोर्ड राखिएको छ । बागमती प्रदेशको फागुन ५ गते बसेको मन्त्रीपरिषदको बैठकले दोलखा जिल्लाबाट प्रदेश सभाको सदस्यमा नेकपा एमालेवाटबाट निर्वाचित सांसद पशुपति चौलागाईको स्मृतिमा अस्पतालको नामाकरण गर्ने निर्णय गरेको थियो । सांसद चौलागाईको कोरोना संक्रमणका कारण गत बैशाख २८ गते उपचारका क्रममा काठमाडौको मनमोहन मेमोरियल अस्पतालमा निधन भएको थियो । स्वर्गीय सांसद एमालेवाट निर्वाचित भएपनि पार्टी विभाजनपछि नेकपा एकिकृत समाजवादीमा सक्रिय थिए । बागमती प्रदेश सरकारले यसअघि पनि चरिकोट अस्पतालको नामाकरण स्वर्गीय सांसद पशुपति चौंलागाई स्मृति अस्पताल राख्ने भनेपनि कार्यान्वयन हुन सकेको थिएन ।

प्रदेश सभाको बैठकमा तत्कालिन सांसद एवँ बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डे स्वयँले पशुपति चौंलागाईको नामवाट अस्पतालको नामाकरण गर्न प्रस्ताव गरेका थिए । तर, अहिले उनी मुख्यमन्त्री रहेकै बेला प्रस्ताव मन्त्रीपरिषदको निर्णयपछि कार्यान्वयनमा आएको हो ।