images
images

उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तीन सहित चार जनाको उम्मेदवारी

  • २७ फाल्गुन २०७९, शनिबार १४:५३

काठमाडौँ । एक उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ ।

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट तीन जना र एमालेबाट एक गरी चार जनाको उम्मेदवारी परेको हो । आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका आज  चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गर्नेहरुमा सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला यादव तथा जनमत पार्टीकी ममता झा छिन् । यस्तै नेकपा एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी हुन् । सत्ता गठबन्धनले उपराष्ट्रपतिका लागि साझा उम्मेदवार तय गर्ने भनेपनि सहमति जुट्न नसक्दा तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको सत्तारुढ गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनबाटै तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् । यद्यपी उनीहरुले एक जनामा सहमति खोज्ने र दुई जनाको उम्मेदवारी फिर्ता गर्न सकिने बताएका छन् । यसअघि निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिलाको मात्रै उम्मेदवारी दर्ता गर्न आग्रह गरेको थियो । तर आयोगको सुझावलाई बेवास्ता गर्दै पुरुषले समेत उम्मेदवारी दर्ता गराएका छन् ।