images
images

रास्वपाले इलाम–२ को उपनिर्वाचनमा उम्मेदवारी दिने, प्रदेशसभामा भाग नलिने

  • २८ फाल्गुन २०८०, सोमबार १६:३०

काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो । सोही समयमा बझाङको प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा भने रास्वपाले भाग नलिने निर्णय गरेको उपसभापति डीपी अर्यालले बताउनुभयो । एमालेबाट इलाम–२ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको गत भदौ २५ गते निधन भएको थियो । बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ मा सवारी दुर्घटनामा परी निधन भएपछि उक्त सिट पनि रिक्त छ । रास्वपाले उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।