images
images

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

  • २९ चैत्र २०८०, बिहीबार ०९:२८

सिन्धुली । सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

दुधौली नगरपालिका–१३ लेखडाँडाका सुरज मगरको ८ वर्षीय छोरा श्रवण मगरको पौडी खेल्ने क्रममा मृत्यु भएको हो । मृत्तक मगर ४ जना साथीहरुसँगै पौडी खेल्न भनी सान्दाने खोलामा गएका थिए । सोही क्रममा डुबेर उनको मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य पौडी खेल्न गएका ४ जना भने सकुशल रहेका छन् ।