
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट भएको छ ।
राती करिब साढे १ बजे कमलामाई नगरपालिका–४ स्थित एनसेलको टावरमा कुकर बम विस्फोट गराइएको हो । घटनास्थलमा जनमुक्ति सेनाको पर्चा भेटिएको सिन्धुली प्रहरीले जनाएको छ । एनसेलको उक्त टावर नजिकै घर भएका मानिसले राति खबर गरेपछि प्रहरीले घटनास्थल पुगेको थियो। । तर विस्फोट गराउने व्यक्ति अहिलेसम्म पहिचान हुन सकेको छैन ।