images
images

मेघ गर्जनसहित वर्षा भएपछि जिरी महोत्सव प्रभावित

  • २९ चैत्र २०८०, बिहीबार १७:०९

जिरी(दोलखा) । आज एक्कासी मौसममा आएको बदलीका कारण जिरी महोत्सव प्रभावित बनेको छ ।

मेघ गर्जन सहित वर्षा भएपछि आज जिरी महोत्सवको सातौं दिनको कार्यक्रम विथोलिएको हो । आज दिउँसो मंगलबारदेखि जारी पुरुष भलिबल प्रतियोगिता लगायतका अन्य कार्यक्रमहरु हुँदा मौसमले साथ दिएपनि अपरान्ह करिब ४ बजेदेखि मौसममा आएको परिवर्तनको कारण बेलुकीको कार्यक्रम प्रभावित बनेको हो ।विशेषगरी जिरी महोत्सव बेलुकी पख बढी रमाईलो र रोचक हुने गरेको छ । राष्ट्रिय कलाकारहरुले बेलुकीपख प्रस्तुती दिने भएपछि अझ हालको जिरीको साँझ उल्लासमय र रोचक तथा रमाइलो हुने गरेको छ । यही समयमा दर्शकहरु महोत्सवस्थलको प्रांगनमा झुम्मीने र सांगीतिक संसारमा रमाउने तथा कलाकारहरुसँगै गाउने र नाच्ने गरेका छन् । महोत्सव सुरु भएदेखि हिजोसम्म निरन्तर मौसमले साथ दिएपनि आज भने मेग गर्जन सहितको वर्षा भएको हो । जसका कारण दर्शकहरु तितरवितर भएका छन् भने कतिपय कार्यक्रमस्थलबाट फर्किएका छन् ।

आज महोत्सवमा लोक दोहोरी गायिका प्रिती आले, एसियाकै होचो मान्छे मनोज गोर्खाली लगायतले प्रस्तुती दिने कार्यक्रम थियो ।