images
images

दोलखा रेडक्रसको स्वमित्वमा पाँच वटा भवन, १७ सय वर्गमिटर जग्गा

दोलखा । दोलखा जिल्लाका सामाजिक संघ/संस्था मध्ये नेपाल रेडक्रश सोसाइटीको नाममा सबैभन्दा बढी अचल सम्पत्ति देखिएको छ ।

नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा दोलखाको नाममा पाँच वटा भवन र १७ सय वर्गमिटर क्षेत्रफल भन्दा बढी जग्गा देखिएको हो । जिल्ला शाखाको स्वामित्वमा भीमेश्वर नगरपालिकाको ५ स्थानमा ७ सय ३१ वर्ग मिटर क्षेत्रफल र उपशाखाको स्वामित्वमा १ हजार ३० वर्ग मिटर गरी कुुल १ हजार ७ सय ६१ वर्ग मिटर क्षेत्रफल जग्गा रहेको छ । जिल्ला शाखाको स्वामित्वमा ७ सय ३१ वर्ग मिटर क्षेत्रफल र उपशाखाको स्वामित्वमा १ हजार ३० वर्ग मिटर क्षेत्रफल जग्गा रहेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुुसार जिल्ला शाखाको स्वामित्वमा वडा नम्बर २ को छुट्टाछुट्टै ३ स्थान र वडा नम्बर ३ को एक स्थानमा कार्यालयको भवनसहितको जग्गा रहेका छ । सबैभन्दा बढी चरिकोटस्थित कृषि बजारमा कार्यालयको भवनसहित ३ सय १५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ । यस्तै, दोलखा पाखलती बजारमा कार्यालय भवनसहितको २ सय ४० वर्ग मिटर क्षेत्रफलको जग्गा, वडा नम्बर २ पाखलतीकै छुट्टाछुट्टै स्थानमा ८० र ५० वर्गमिटर जग्गा रहेको छ भने दोलखा बजारमा ४६ वर्गमिटर क्षेत्रफलको जग्गा जिल्ला शाखाको स्वामित्वमा रहेको छ । यसैगरी, उपशाखाको स्वामित्वमा सबैभन्दा बढी कालिञ्चोक गाउँपालिकास्थित बाबरेमा भवनसहितको ५ सय वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ ।

नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा दोलखाको नाममा पाँच वटा भवन र १७ सय वर्गमिटर क्षेत्रफल भन्दा बढी जग्गा देखिएको हो । जिल्ला शाखाको स्वामित्वमा भीमेश्वर नगरपालिकाको ५ स्थानमा ७ सय ३१ वर्ग मिटर क्षेत्रफल र उपशाखाको स्वामित्वमा १ हजार ३० वर्ग मिटर गरी कुुल १ हजार ७ सय ६१ वर्ग मिटर क्षेत्रफल जग्गा रहेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलका अनुसार जिल्ला शाखा र उपशाखाको जग्गा व्यक्तिले दान गरेको जग्गा हो ।

वैतेश्वर गाउँपालिकास्थित काब्रे उपशाखाको भवनसहित २ सय ५५ वर्ग मिटर क्षेत्रफलको जग्गा, शैलुङ गाउँपालिकाको मागादेउराली उपशाखामा कार्यालयको भवनसहित १ सय ४० वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ । भीमेश्वर नगरपालिका वडा नम्बर २ स्थित उपशाखामा पनि ९० वर्ग मिटर क्षेत्रफलको जग्गा र कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ को सुन्द्रावती उपशाखामा कार्यालय भवनसहित ४५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको जिल्ला शाखाका सभापति पोखरेलले जानकारी दिनुभयो ।उहाँका अनुसार जिल्ला शाखा र उपशाखाको जग्गा व्यक्तिले दान गरेको जग्गा हो ।

रेडक्रस सोसाइटी जिल्ला शाखाको स्वामित्वमा भौतिक पूुर्वाधारसहित धेरै जग्गा देखिएपनि त्यसको मुल्य निर्धारण भने गरिएको छैन । जिल्ला शाखाका सभापति पोखरेलले प्राविधिक मुल्यांकन नभई भन्न नसकिने र विक्रि नगर्ने भएका कारण त्यसको प्राविधिक मुल्यांकन नगरिएको बताउनुभयो । जिल्ला शाखा र उपशाखाको स्वामित्वमा रहेका अधिकांश भवनहरु जिर्ण अवस्थामा रहेका छन् । यद्धपि आर्थिक अभावका कारण सबै स्थानमा पक्कि भवन निर्माण गर्न नसकिएको र जीर्ण भवनबाटै सेवा प्रवाह भइरहेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाले जनाएको छ ।