
जिरी (दोलखा) । राजनीतिक दलहरुले बागमती प्रदेशमा प्रदेशसभातर्फ समानुपातिक तर्फको ४४ सिटका लागि सांसदको नाम सिफारिस गरेका छन् ।
राजनीतिक दलहरुले निर्वाचन आयोगमा दोलखाका ४ सहित बागमती प्रदेशसभामा निर्वाचित हुने समानुपातिक सांसदहरुको छनौट गरी नाम पठाएको हो । बागमती प्रदेशसभा सदस्यका लागि समानुपातिक सूचिबाट एमालेले १४ जना, कांग्रेसले १२ जना, माओवादी केन्द्रले ७ जना, राप्रपाले ६ जना, एकीकृत समाजवादीले २ जना, नेमकीपाले २ जना र हाम्रो नेपाली पार्टीले एकको नाम सिफारिस गरेको हो । जसमा दोलखाबाट नेकपा एमालेको तर्फबाट उर्मिला सुनुवार र ठूला थामी गरी २ जना र माओवादी केन्द्र तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट एक/एक गरी २ जनाको नाम सिफारिस भएको छ । दोलखाबाट माओवादी केन्द्रको तर्फबाट डोल्मा थामी र राप्रपाबाट मोनिका श्रेष्ठको नाम आयोगमा सिफारिस भएको हो ।
नेकपा एमालेले दोलखाबाट प्रतिनिधिसभातर्फ भने समानुपातिक सांसदका लागि पोलिटव्युरो सदस्य इश्वर बहादुर रिजालको नाम सिफारिस गरेको छ । अन्य दलबाट भने प्रतिनिधिसभा समानुपातिकमा जिल्लाबाट कसैको नाम परेको छैन ।
हेर्नुहोस्, बागमती प्रदेश (प्रदेशसभा तर्फ) समानुपातिक सांसद सिफारिस भएका नामावलीः
नेपाली कांग्रेस
समिता खड्गी श्रेष्ठ (काठमाडौं)
लक्ष्मीदेवी श्रेष्ठ (मकवानपुर)
गीता गुरुङ (चितवन)
यमुनादेवी श्रेष्ठ (काठमाडौं)
याङकिला शेर्पा रुइत (काठमाडौं)
माया श्रेष्ठ (चितवन)
शिवराज अधिकारी (धादिङ)
उर्मिला नेपाल (तेह्रथुम)
मीना पोखरेल (झापा)
शान्ता ढकाल (काठमाडौं)
बिनु रायमाझी पौडेल (चितवन)
सुना परियार (काभ्रे)
नेकपा एमाले
उर्मिला सुनुवार (दोलखा)
ठूला थामी (दोलखा)
दिनेशचन्द्र देवकोटा (गोरखा)
हरिप्रसाद सापकोटा (चितवन)
भारती कुमारी पाठक (मकवानपुर)
अप्सरा चौलागाईं (काभ्रे)
मायाकुमारी कार्की (रामेछाप)
बिन्दु श्रेष्ठ (काठमाडौं)
माइली तामाङ (सिन्धुपाल्चोक)
सुकुमाया तामाङ (सिन्धुली)
सकुन्तला श्रेष्ठ राजभण्डारी (भक्तपुर)
आनन्दकुमार श्रेष्ठ (रामेछाप)
ज्ञानबहादुर तामाङ (काभ्रेपलाञ्चोक)
बालकुमारी विश्वकर्मा (चितवन)
नेकपा माओवादी
डोल्मा थामी (दोलखा)
देवेन्द्र श्रेष्ठ (भक्तपुर)
उर्मिलाकुमारी लामा (महोत्तरी)
सुष्पा भुजेल (सिन्धुली)
ईश्वर सापकोटा (चितवन)
अमृता नेपाल (सिन्धुपाल्चोक)
रुकु चौलागाईं (काभ्रे)
राप्रपा
मोनिका श्रेष्ठ (दोलखा)
कुमारी तामाङ (सिन्धुपाल्चोक)
आशा लामा (काठमाडौं)
धनेश्वरी प्रजापति (भक्तपुर)
भुवनकुमार पाठक (काठमाडौं)
लक्ष्मी घिमिरे (रामेछाप)
हाम्रो नेपाली पार्टी
सरिता खड्गी (काठमाडौं)
नेकपा एकीकृत समाजवादी
ओमकुमारी श्रेष्ठ (लमजुङ)– आदिवासी महिला
मायादेवी शर्मा (बागलुङ)– खस आर्य
नेमकिपा
सृजना सायजु (भक्तपुर)
गीता काफ्ले (भक्तपुर)