
सिन्धुलीको फिकल गाउँपालिका ४ मा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २४ जना घाईते भएका छन् ।
ओखलढुंगाको रुम्जाटारबाट काठमाडौँ जाँदै गरेको बा २ ख ६५९६ को बस सिन्धुलीको फिकल गाउँपालिका वडा ४ कुईभीर भन्ने स्थानमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुलीका प्रहरी प्रबक्ता, प्रहरी नायब उपरीक्षक डिएसपि चिरञ्जिवी दहालले जानकारी दिनुभयो । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक वालक रहेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीेल जनाएको छ ।