images
images

रामेछापमा सहकारी ठगी गरेको आरोपमा प्रमुख कार्यकारी निर्देशक पक्राउ

  • ३० चैत्र २०८०, शुक्रबार ०८:०३

काभ्रेपलाञ्चोक । रामेछापमा सहकारी ठगी गरेको आरोपमा प्रमुख कार्यकारी निर्देशक पक्राउ
परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका घर भई हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ का ३४ वर्षीय कुमार गौतम रहेका छन् । सुनापतिमा रहेको पुण्यश्वर बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी निर्देशक रहेका कुमार गौतमलाई काठमाडौँको मुलपानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसुर मुद्धामा अनुसन्धान गरिने काभ्रेका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार उनले कति रकम ठगी गरेको भन्ने खुलाइएको छैन ।