images
images

काभ्रेको रोशीमा बुद्धचित्तको रुख काटियो, ४ थान सकेट बम फेला

  • ३० चैत्र २०८०, शुक्रबार १३:५६

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा ४ थान सकेट बम भेटिएको छ ।

रोशी गाउँपालिका–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको करोडौँ पर्ने बुद्धचित्तको रुख आज अज्ञात समूहले काटेको थियो । बुद्धचित्त काटेको स्थानमा ४ थान सकेट बम भेटिएको हो । बोट काटिएको स्थानमा, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको प्रहरीले जनाएको छ । बुद्धचित्तको रुखका धनीलाई फोन तथा म्यासेज गरेर पटक–पटक बुद्धचित्त मालाका कारोबारीले धम्काएको खुलेको छ ।

सशस्त्र प्रहरी र सेनाको टोली घटनास्थलमा रहेको बम निष्क्रिय गर्न पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यसबारे थप अनुसन्धान भइरहेको छ ।