images
images

यी हुन् प्रतिनिधिसभाका ९९ वर्षीय उम्मेदवार

  • २६ आश्विन २०७९, बुधबार ०९:२८

आगामी निर्वाचनका लागि ९९ वर्षका एक जना उम्मेदवार बनेका छन् ।

निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको सूचीअनुसार नेपाली कांग्रेस (बी.पी)बाट ९९ वर्षीय टीकादत्त पोखरेल उम्मेदवार बनेका हुन् । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन लड्ने क्षेत्र गोरखा २ बाट उम्मेदवार बनेका हुन् । आसन्न प्रतिनिसिभा निर्वाचनमा पोखरेल सहित ८० वर्ष देखि ९९ वर्षसम्मका १० जना उम्मेदवार भिड्ने भएका छन् । जसमा ८० वर्ष पुगिसकेका लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर यो पटक पनि उम्मेदवार छन् । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी पनि ८० वर्ष पुगिसकेका उम्मेदवार हुन् भने स्वतन्त्र उम्मेदवार हरिनारायण वर पनि ८० वर्षका छन् ।

स्वतन्त्र उम्मेदवारहरु ८१ वर्षीय कृष्णराज गिरी, पशुपतिनाथ तिमिल्सिना र कर्णसिंह रावल ८४ वर्षका रहेका छन् । माओवादी केन्द्रका महिन्द्र राय यादव र स्वतन्त्र उम्मेदवारी दिएका विष्णुप्रसाद ढकाल ८५ वर्षका उम्मेदवार हुन् । ८७ वर्षीय युवराज गौतमले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।