images
images

तामाकोशीको स्थायी केन्द्र तोक्न जनदवाव, जनप्रतिनिधि अझै अन्योलमा

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाको स्थायी केन्द्र तोक्न जनस्तरबाटै दवाव सिर्जना भएपनि पालिकाले अझै टुंगो लगाउन सकेको छैन ।

स्थायी केन्द्रका लागि ३ ठाउँको प्रस्ताव आए पनि अझै सहमति जुट्न नसकेको हो । तामाकोशी गाउँपालिकाको स्थायी केन्द्रका लागि वडा नम्बर ४ मालुको डाँडागाउँ, वडा नम्बर ३ जफेको मानेडाँडा र वडा नम्बर ३ जफेको छौंडे प्रस्ताव गरिएको छ । प्रस्तावित स्थानमा स्थायी केन्द्र कायम गर्न गाउँसभाको बहुमत नपुग्ने भएकाले केन्द्रको टुंगो लाग्न नसकेको तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताव केसीले बताउनुभयो । स्थायी केन्द्र तोक्ने विषयमा अनौपचारिक छलफल भइरहेको र आगामी पुसमा बस्ने गाउँसभाबाट टुंगो लगाउने अध्यक्ष केसीको भनाई छ । यसअघि मतदान प्रक्रियाबाट स्थायी केन्द्र तोक्ने तयारी गरिए पनि गाउँसभाका केही सदस्यले बहिष्कार गर्ने अवस्था सिर्जना भएपछि समस्या भएको उहाँले बताउनुभयो ।

दोलखाको तामाकोशी गाउँपालिकाको स्थायी केन्द्र तोक्न जनस्तरबाटै दवाव सिर्जना भएपनि पालिकाले अझै टुंगो लगाउन सकेको छैन । प्रस्तावित स्थानमा स्थायी केन्द्र कायम गर्न गाउँसभाको बहुमत नपुग्ने भएकाले केन्द्रको टुंगो लाग्न नसकेको तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताव केसीले बताउनुभयो । जनप्रतिनिधिले स्थायी केन्द्र तोक्न नसकेपछि जनस्तरबाट समेत अभियान सुरु भएको छ । गाउँपालिकाकी उपाध्यक्ष सिर्जना खड्का सुवेदीले भने भुगोल नमिलेका कारण स्थायी केन्द्र तोक्न नसकिएको बताउनुभयो ।

उता, गाउँपालिकाकी उपाध्यक्ष सिर्जना खड्का सुवेदीले भने भुगोल नमिलेका कारण स्थायी केन्द्र तोक्न नसकिएको बताउनुभयो । स्थायी केन्द्र तोक्ने विषय पेचिलो रहेको भन्दै उहाँले अन्तिम टुंगो लगाउन आफुहरु लागि परेको बताउनुभयो । जनप्रतिनिधिले स्थायी केन्द्र तोक्न नसकेपछि जनस्तरबाट समेत अभियान सुरु भएको छ । तामाकोशी ३ जफेका स्थानयीबासीले छौंडेलाई स्थायी केन्द्र बनाउन माग गर्दै अभियान सुरु गरेका हुन् । उनीहरुले केन्द्रका लागि आवश्यक पर्ने जफे ३ र मालुको सिमाना अन्तर्गतको ६० रोपनी जग्गा पनि उपलब्ध गराउने सहमति गरेका छन् । तर छौंडेमा स्थायी केन्द्र राख्ने विषयमा पनि बहुमत नजुटेको गाउँपालिकाले जनाएको छ ।

यसैबीच, गाउँपालिकाको केन्द्रको विषयमा तामाकोशी गाउँपालिकाका राजनितिक दलका नेताहरुको फरक–फरक धारणा आएको छ । नेकपा एमाले तामाकोशी गाउँपालिकाकी अध्यक्ष उर्मिला केसीले गाउँपालिकाले सर्वदलिय बैठक बोलाएर सामान्य छलफल नै नगरेकाले पालिकाको केन्द्र टुंगिन ढिलाई भएको बताउनुभयो । मालुस्थित गोल्माकोथान आसपास पालिकाको स्थायी केन्द्र राख्न एमाले सहमत रहेको केसीले बताउनुभयो ।यस्तै नेपाली कांग्रेस तामाकोशी गाउँपालिकाका सभापति समेत रहेका वडा नम्बर ६ का वडाध्यक्ष कृष्ण प्रसाद फुँयालले स्थायी केन्द्रका बारेमा कांग्रसले सहमति जुटाएर पालिकामा निवेदन पेश गरिसकेको बताउनुभयो । तामाकोशी गाउँपालिका वडा–३ जफेको कुमाले खेतमा स्थानीयले १२ रोपनी जग्गा उपलब्ध गराउने र सो स्थानमा स्थायी केन्द्र राख्न उपयुक्त हुने भएकाले आफुहरुले सोही अनुसार पालिकामा निवेदन पेश गरेको उहाँको भनाई छ ।

गाउँपालिकाको केन्द्रको विषयमा तामाकोशी गाउँपालिकाका राजनितिक दलका नेताहरुको फरक–फरक धारणा आएको छ । तामाकोशीको पहिलो स्थानीय सरकार एमाले नेतृत्वको थियो । एमालेका नेता इश्वरचन्द्र पोखरेल अध्यक्ष र उर्मिला केसी उपाध्यक्ष थिइन् । तर उनीहरुले पनि स्थायी केन्द्र टुंग्याउन सकेका थिएनन् । हाल तामाकोशी गाउँपालिकामा गठबन्धनको सरकार छ ।

यसैगरी, नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाका अध्यक्ष राजु शर्माले बहुमतका आधारमा र सवैलाई पायक पर्ने स्थानमा पालिकाको केन्द्र तोक्ने निर्णय गरिए त्यसमा आफुहरुको सहमति हुने प्रतिक्रिया दिनुभयो । तामाकोशी गाउँपालिकामा पहिलो पटक निर्वाचित जनप्रतिनिधिको कार्यकाल स्थायी केन्द्र नतोकी सकिएको थियो भने दोश्रो पटक निर्वाचित जनप्रतिनिधिको कार्यकाल डेढ बर्ष पुरा हुँदा समेत स्थायी केन्द्र टुँगिन सकेको छैन ।

तामाकोशीको पहिलो स्थानीय सरकार एमाले नेतृत्वको थियो । एमालेका नेता इश्वरचन्द्र पोखरेल अध्यक्ष र उर्मिला केसी उपाध्यक्ष थिइन् । तर उनीहरुले पनि स्थायी केन्द्र टुंग्याउन सकेका थिएनन् । हाल तामाकोशी गाउँपालिकामा गठबन्धनको सरकार छ । समाजवादीका नेता समेत रहेका प्रोणप्रताव केसी गाउँपालिका अध्यक्ष र कांग्रेसकी सिर्जना सुवेदी उपाध्यक्ष छिन् । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएको ६ महिनाभित्र सामान्य बहुमतमा आधारमा स्थायी केन्द्र टुंगो लगाउन सक्ने र ६ महिनापछि दुई तिहाई बहुमतका आधारमा पालिकाको केन्द्र टुंगो लगाउनुपर्ने व्यवस्था छ ।