images
images

जबरा सर्वोच्चबाट बाहिरिए,कायममुकायम प्रधानन्यायाधीशमा कार्की

  • १ फाल्गुन २०७८, आईतवार १४:३७

काठमाण्डौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।

महाअभियोग लागेको पत्र बुझेपछि प्रधानन्यायधिश जबरा सर्वोच्च अदालतबाट बाहिरिएका हुन् । सत्ता गठबन्धनका ९८ सांसदहरुले आज बिहान संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यसलगत्तै सचिवालयले त्यसको जानकारी प्रधानन्याधीशलाई पत्रमार्फत् दिएको थियो । जबरालाई विदा गर्न मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार नारायण पन्थी गेटसम्म पुगेका थिए । जबरा घर फर्किंदा उनी चढ्ने गाडीमा राखिएको राष्ट्रिय झण्डा छोपिएको थियो ।

यसैबीच, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । संघीय संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी स्वतः निलम्बित हुने हुँदा कार्की पनि स्वतः कामु प्रधानन्याधीश बनेका हुन् ।