images
images

बागमतीमा बजेटबारे उठेको विवाद समाधानका लागि गठित समितिद्धारा सभामुखलाई प्रतिवेदन पेश

  • ३० फाल्गुन २०८०, बुधबार ०८:२२

हेटौंडा । बागमती प्रदेशमा चालु आर्थिक वर्षको बजेटका विषयको विवाद समाधानका लागि बनेको समितिले प्रतिवेदन तयार पारेको छ ।

समितिले प्रतिवेदन तयार पारेर हिजो सभामुख भुवन कुमार पाठक समक्ष पेश गरेको हो । सत्तापक्ष र प्रतिपक्षत्रीच चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्दाको समयमा भएको सहमति कार्यान्वयनका विषयमा विवाद सिर्जना भएपछि विशेष समितिनै गठन गरिएको थियो । सत्ता पक्ष र प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाबीचमा बजेटका विषयमा उत्पन्न विवादले प्रदेशसभा बैठक नै प्रभावित बनेपछि गत फागुन १७ गते बसेको सर्वदलीय बैठकले कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्सालको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति गठन गरेको थियो । सोही अनुसार उक्त समितिले विभिन्न चरणमा बैठक तथा छलफल गरी प्रतिवेदन तयार गरेको हो ।