images
images

रामेछापमा रुखबाट लडेर एक वृद्धको मृत्यु

  • ३० फाल्गुन २०८०, बुधबार ०८:३८

रामेछाप । रामेछापको मन्थली नगरपालिकामा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

मन्थली नगरपालिका–१३ का ७३ वर्षीय सनमान थापा क्षेत्रीको कुटमेरोको रुखबाट लडेर मृत्यु भएको हो । घर नजिकै रहेको कुटमेरोको रुखबाट घाँस झार्ने क्रममा उनी लडेर गम्भीर घाईते भएका थिए । गम्भीर घाइते भएका थापाको धुलिखेल अस्पताल किर्ने दोलखामा ल्याइएकोमा उपचारको क्रममा हिजो साँझ डाक्टरले मृत्त घोषणा गरेको प्रहरीले जनाएको छ । उनको शव सोही अस्पतालमा रहेको प्रहरीको भनाई छ ।