images
images

मेलुङ गाउँपालिकाका ५० वृद्धवृद्धाको गुमेको दृष्टि फिर्ता, निशुल्क शिविरबाट शैयौं विरामी लाभान्वित

जिरी (दोलखा) । दोलखाको मेलुङ गाउँपालिकामा सञ्चालन भएको निशुल्क आँखा शिविरबाट ४७ जना मोतयाविन्दुका बिरामीको आँखाको दृष्टि फर्केको छ ।

मेलुङ गाउँपालिका, तिलगंगा आँखा प्रतिष्ठान र लायन्स क्लव दोलखाको संयुक्त आयोजनामा तिलगंगा आँखा प्रतिष्ठानका बरिष्ठ नेत्ररोग विशेषज्ञ रिना बज्रचार्यको टोलीले आँखाको शल्यक्रिया (अप्रेसन) गरेपछि ४७ जना मोतियाविन्दुका बिरामी उज्यालो संसार देख्न सक्ने भएका हुन् ।

मेलुङ–६ स्थित त्रिभुवन मावि मेलुङमा आयोजना गरिएको शल्यक्रिया कार्यक्रममा वृद्धवृद्धा तथा स्थानीय नागरिकले आँखाको निशुल्क शल्यक्रिया गर्न पाएका हुन् । मेलुङ गाउँपालिकाले पालिकाभित्रका आँखा रोगीका लागि निशुल्क शल्यक्रिया गर्ने व्यवस्था गरेको थियो । आँखा देख्न नसक्ने र देखिएपनि राम्रोसँग देख्न नसक्ने अवस्थाका ४७ जना मोतियाविन्दुका बिरामी शल्यक्रियापछि राम्रोसँग देख्न सक्ने भएका छन् ।

२० गतेदेखि पालिकाको विभिन्न स्थानमा सुरु भएको आँखा शिविर कार्यक्रमबाट छनौट भएका मोतियाविन्दुका बिरामीहरुको सोमबार र हिजो मंगलबार शल्यक्रिया भएको थियो । शिविरमा ३ जना आँखामा मासु पलाएको बिरामीको समेत शल्यक्रिया गरिएको थियो । शिविरबाट पालिकाभरका शैयौं आँखाका विरामी लाभान्वित भएपनि ५० जनाले निशुल्क शल्यक्रिया सेवा पाएको मेलुङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईले जानकारी दिनुभयो । पालिकाले शल्यक्रिया गर्नुपर्ने बिरामीलाई खाने र बस्नेको व्यवस्था गर्नुको साथै ‘क्याम्प’सम्म बिरामीलाई ल्याउन र घरसम्म लैजान सवारी साधनको समेत व्यवस्था गरेको थियो ।

पालिकाले आयोजना गरेको निशुल्क शिविरले सामान्य परिवारका वृद्धवृद्धाको समेत आँखाको ज्योति फिर्ता भएपछि उनीहरुमा खुसी छाएको छ ।