images
images

कांग्रेस र एमाले मिले पनि नडराउने प्रधानमन्त्रीको भनाई

  • ३० फाल्गुन २०८०, बुधबार १५:३३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई एमालेसँग मिलेर सरकार बनाउन चुनौती दिनुभएको छ ।

बिस्वासको मतका लागि बोलाइएको प्रतिनिधिसभाको वैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमाले मिलेर सरकार बनाए आफुहरु प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा, संबिधानको पक्षमा र राष्ट्रियता सुदृढिकरणको पक्षमा लडिरहने बताउनुभयो । ठूला दलहरु मिले तेरो हालत के हुन्छ ? भनेर आफुलाई दवावमा राख्न खोजिएको भन्दै उहाँले ठूला दललाई मिल्दा पनि आफु नडराउने चेतावनी दिनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा वीचको बोली नचल्ने भाषालाई इगित गर्दै प्रधानमन्त्री प्रचण्डले बोल्न, बोली फुकाउन र सहकार्य गर्न कामना गर्दै माओवादी केन्द्र, प्रचण्ड वा प्रधानमन्त्री त्यसको दवावमा पर्छ भन्ने भ्रममा नपर्ने स्पस्ट पार्नुभयो ।