images
images

जिरीस्थित जेम एकेडेमीका प्रधानाध्यापक बोहोरा पूर्पक्षका लागि थुनामा

  • ३० फाल्गुन २०८०, बुधबार १८:३४

जिरी (दोलखा) । छात्रा बलात्कार गरेको आरोपमा पक्राउ परेका जेम एकेडेमीका प्रधानाध्यापक भक्तराज बोहोरा पुर्पक्षका लागि थुनामा गएका छन् ।

बोहोरालाई पुर्पक्षका लागि थुनामा पठाउन दोलखा जिल्ला अदालतले आदेश दिएको हो । एक साता अघि उनी पुर्पक्षको लागि थुनामा गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक जिवन श्रेष्ठले जानकारी दिनुभयो । यही फागुन २२ गते दोलखा जिल्ला अदालतका न्यायधिश माधव प्रसाद सुवेदीको इजलाशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । दोलखाको जिरी नगरपालिकास्थित जेम एकेडेमीका पूर्वप्रधानाध्यापक बोहोरा बिरुद्ध आफ्नै बिद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप छ ।
छात्रालाई बलात्कार गरेको आरोपमा दोलखा प्रहरीले उनलाई फागुन ४ गते नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । उनीविरुद्ध पीडित किशोरी र उनका बुबाले फागुन ५ गते जिल्ला प्रहरी कार्यालय चरिकोटमा पुगेर किटानी जाहेरी दिएका थिए । जिरी–७ घर भएका ती किशोरी जेम एकेडेमी जिरीमा कक्षा १० मा अध्ययरत छात्रा हुन् ।

विद्यालयकै छात्रावास (होस्टल) मा बस्दै आएकी किशोरीलाई गत माघ १२ गते प्रिन्सिपल बोहोराले डर त्रास देखाई जवरजस्ती करणी गरेको घटना सार्वजनिक भएपछि जेम एकेडेमीका विद्यार्थीहरुले फागुन ४ गते प्रिन्सिपलाई कुटपिट गरी प्रहरी समक्ष बुझाएका थिए ।