images
images

नेपाल प्रहरीका २२ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस

  • ३० बैशाख २०८०, शनिबार ०६:४०

काठमाडौँ । नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएको छ ।

बढुवा समिति बैठकले गएराति अबेर सिफारिस सुची प्रकाशन गरेको हो । डिएसपी गौतम कुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । एसपीमा बढुवा सिफारिस हुनेहरूमा वसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, र गोविन्दराज काफ्ले लगायत छन् ।

बढुवा समितिको निर्णयविरुद्ध ७ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिन्छ । उजुरी नपरेमा गृहमन्त्रीले सो सिफारिसलाई बढुवा नियुक्ति निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ ।