images
images

एमाले दोलखाको कार्य विभाजनः ११ जना जिल्ला कमिटीमा मनोनित, पालिकादेखि वडासम्म तोकियो इन्चार्ज

  • १ चैत्र २०८०, बिहीबार १०:५२

दोलखा । नेकपा एमाले दोलखाले जिल्ला कमिटी सदस्यमा ११ जनालाई मनोनयन गरेको छ भने २५ सदस्यीय सचिवालय बनाएको छ ।

जिल्ला अधिवेशनपछि पहिलो पटक बसेको जिल्ला कमिटी वैठकले जंग गुरुङ, माधवप्रसाद घिमिरे, धिरज सुवेदी, दानवहादुर तामाङ, थिरवहादुर तामाङ, मुरारीराज शिवाकोटी, गणेश शिवाकोटी, विक्रम खड्का, केशवकुमार कार्की, शारदा राना र इस्वर कोइरालालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । एमाले जिल्ला कमिटीको वैठकले २५ सदस्यीय सचिवालय बनाएको छ भने ३ सदस्यीय वैकल्पिक सचिवालय पनि गठन गरेको छ ।

सचिवालयमा अध्यक्षसहितका ५ पदाधिकारी र २० जना कार्य समितिका सदस्य रहेका छन् । जिल्ला कमिटीमा मनोनित भएका ११ जना मध्ये ८ जनाले सचिवालय सदस्य बन्ने अवसर पाएका छन् । मनोनित भएका दानवहादुर तामाङ, विक्रम खड्का र इस्वर कोइराला बाहेक बाँकी सवैलाई सचिवालय सदस्यको जिम्मेवारी दिइएको छ । एमालेको विधानमा निर्वाचित कमिटीको ५ प्रतिशतसम्म मनोनित गर्न पाउने व्यवस्था रहेको छ ।
यी हुन् विभागीय प्रमुख

एमाले दोलखाले बिभिन्न विभाग तथा जनवर्गीय संगठनको प्रमुख र इन्चार्ज तथा पालिका र वडाको इन्चार्ज, सह इन्चार्ज पनि तोकेको छ । जसअनुसार जिल्ला अध्यक्ष नरवहादुर श्रेष्ठ जनसंगठन समन्वय संयन्त्रको संयोजक, उपाध्यक्ष राजेन्द्र मानन्धर पार्टी स्कुल विभागको प्रमुख, सचिव स्वयंवहादुर खड्का संगठन विभाग प्रमुख, उपसचिव कमला बस्नेत स्थानीय विकास विभाग प्रमुख र उपसचिव हरिप्रसाद ओलीले प्रचार विभाग तथा प्रेस चौतारीको इन्चार्जको जिम्मेवारी पाएका छन् । यसैगरी सचिवालय सदस्यहरु कुमार खड्कालाई निर्वाचन विभागको प्रमुख, शारदा रानालाई नेपाल बुद्धिजीवी परिषदको इन्चार्ज र नारायणध्वज खड्कालाई दोलखा–काठमाडौं सम्पर्क मञ्चको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

कुन पालिकामा को इन्चार्ज ?

स्थानीय तहतर्फ भीमेश्वर नगरपालिकाको इन्चार्जमा नविनकुमार लामा र सह इन्चार्जमा ज्ञानेन्द्र प्रधान, जिरी नगरपालिकाको इन्चार्जमा केशवकुमार कार्की र सह इन्चार्जमा ज्ञानवहादुर सुनुवार, गौरीशंकरको इन्चार्जमा जंगवहादुर गुरुङ र सहइन्चार्जमा झलककुमार कार्की, वैतेश्वरको इन्चार्जमा माधवप्रसाद दाहाल र सहइन्चार्जमा शान्तवहादुर जिरेल, तामाकोशीको इन्चार्जमा धिरज सुवेदी र सह इन्चार्जमा स्यामकाजी कटुवाल तथा मेलुङको इन्चार्जमा सोमवहादुर बम्जन र सहइन्चार्जमा ईस्वर कोइराला चयन भएका छन् ।
एमाले शैलुङको इन्चार्जमा थिरवहादुर तामाङ र सहइन्चार्जमा नेत्र मोक्तान, कालिञ्चोकको इन्चार्जमा गणेश शिवाकोटी र सहइन्चार्जमा सविना पाण्डे र विगुको इन्चार्जमा अचुतम केसी र सहइन्चार्जामा देविका थामीलाई जिम्मेवारी तोकिएको छ । एमालेले जिल्लाका ७४ वटै वडाको इन्चार्ज पनि तोकेको छ । दोलखा एमालेको १० औं जिल्ला अधिवेशन माघको तेश्रो साता सम्पन्न भएको थियो ।