images
images

हवल्दारले यसरी बनाए लुटपाट गर्ने योजना

  • २ बैशाख २०८१, आईतवार १३:२१

काठमाडौँ । प्रहरी हवल्दार चक्रबहादुर शाहीले जग्गा किन्न रकम अपुग भएपछि लुटपाट गरेको खुलेको छ ।

लुटपाटको आरोपमा चैत्र ६ गते पक्राउ परेका प्रहरी हवल्दार शाहीले जग्गा किन्न रकम रकम अपुग भएपछि रातोपुलको क्याबिन रेष्टुरेन्टका सञ्चालक विकास लुईँटेलको मिलेमतोमा लुटपाट गरेको खुलेको हो । लुटपाट भएकोमध्ये १ लाख ८२ हजार रुपैयाँ होटल सञ्चालक लुईँटेलबाट बरामद भएको थियो भने हवल्दारबाट ४ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । बाँकी रकम भने हाल फरार रहेका विकास बमले लिएर फरार भएका थिए । विकास बम र होटल सञ्चालक विकास लुईँटेल झगडा गरेपछि प्रहरी बृत्त नयाँ बानेश्वरको हिरासतमा पुगेका थिए । सो क्रममा हवल्दारको समन्वयमा उनीहरु दुई जना मिलापत्र गरेर हिरासतमुक्त भएका थिए । हिरासतमा भएको चिनजानपछि उनीहरु तीन जनाकै योजनामा चैत्र ५ मा प्रमोद श्रेष्ठलाई लुईँटेलको होटलमा बोलाएर लुटपाट गरिएको खुलेको छ ।