images
images

नेपालमा किसानका प्रमुख समस्याका रुपमा बाँदर र दुम्सी अग्रस्थानमा, बागमती र कोशीमा अधिक

  • २ बैशाख २०८१, आईतवार १६:३८

काठमाडौँ । नेपालको कृषि तथा पशुपन्छी क्षेत्रको प्रमुख समस्याका रुपमा बाँदर र दुम्सी देखिएका छन् ।

कार्यालयले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार कृषि र पशुपन्छीमा नोक्सान पु¥याउने प्रमुख जनावरमा बाँदर र दुम्सी अग्रस्थानमा रहेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको कृषि गणना अन्तर्गत सामुदायिक प्रतिवेदनले यस्तो देखाएको हो । यस्तै स्याल तेस्रो र बँदेल चौथो स्थानमा देखिएको राष्ट्रिय कृषि गणनाको सामुदायिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

देशभरको ६ हजार ३६ वडामा लगाइएको बाली र पशुमा क्षति गर्ने जंगली जनावरको विवरण संकलन गर्दा सबैभन्दा अग्रस्थानमा बाँदर देखिएको छ । जसअनुसार ३ हजार ९ सय २७ वडामा बाँदरले नोक्सानी गरेको पाइएको छ भने २ हजार ७ सय ५२ वडामा दुम्सीले क्षति गरेको पाइएको छ । बादर आतंक कोशी र बागमती प्रदेशका किसानले अधिक भोगिरहेका छन् ।

कोशीका ७ सय ५८ र बागमतीका ७ सय ३२ वडामा बाँदर आतंक देखिएको छ । यसैबीच, जंगली जनावरबाहेक नेपालको कृषिमा बाढीले धेरै क्षति गरेको प्रतिवेदनले देखाएको छ ।