images
images

जिरीमा मानसिक सन्तुलन ठिक नभएका पुरुष मृत फेला

  • २८ आश्विन २०७९, शुक्रबार १०:५३

जिरी(दोलखा) । जिरी नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् ।

जिरी नगरपालिका ५ स्थित लिंकनबजारमा मानसिक सन्तुलन नभएको अन्दाजी ५० वर्षीय एक पुरुष मृत फेला परेका हुन् । यद्धपी, उनको नाम र ठेगना भने खुल्न बाँकी रहेको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । वर्षाेदेखि जिरी बस्दै आएका उनी जिरीमा ‘ड्याम’ नामले परिचित छन् ।

उनले भारी बोकेर तथा मागेर आफ्नो जिवीकोपार्जन गर्दै आएका थिए । मृतक पुरुषको शव पोष्मार्टमका लागि जिरी अस्पतालमा राखिएको छ ।