images
images

पोखरामा दुर्घटना भएको जहाजमा तीन शिशु सहित ६८ जना यात्रु रहेको खुलासा

  • १ माघ २०७९, आईतवार १२:००

काठमाडौं । पोखरामा दुर्घटना भएको यति एयरको जहाजमा तीन शिशु सहित ६ बालबालिका र ६२ जना वयस्क व्यक्ति सवार रहेको खुलेको छ ।

यति एयरको टिआर ७२ जहाज आज दुर्घटना भएको हो । जहाजमा दुई जना पाईलट र दुई जना परिचारिका सहित चार जना चालक दलका सदस्य थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आज विहान १०ः३० बजेट उडेको नाइन एन–एएनसि जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यति एयरलाइन्स स्रोतका अनुसार एसहुन्चु र ओए मगर परिचारिका थिए । जहाट ११ बजेटर १० मिटमा फेवा खोँचमा दुर्घटना भएको हो । मानविय क्षतिबारे केही खुलेको छैन ।