images
images

प्रधानमन्त्रीद्धारा विमान दुर्घटनाको अवस्थावारे निरीक्षण गर्दै

  • १ माघ २०७९, आईतवार १२:४९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’दुर्घटनाको अवस्था बुझ्न त्रिभुवन विमानस्थल पुग्नुभएको छ ।

पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै त्यहाँको अवस्थाबारे बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल पुग्नुभएको हो। काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक आब्ह्वान गर्नुभएको छ ।