images
images

दोलखाको हाम्रो रेडियो आजबाट १७ औँ वर्षमा प्रवेश

  • २ चैत्र २०८०, शुक्रबार ०७:३७

दोलखा । दोलखावाट प्रसारण हुँदै आएको हाम्रो रेडियो १०३ थोप्लो ४ मेगाहर्ज आजबाट १६ वर्ष पुरा गरि १७ औँ वर्षमा प्रवेश गरेको छ ।

२०६४ साल चैत २ गतेबाट प्रसारण सुरु गरेको हाम्रो रेडियो आजबाट १६ वर्ष पुरा गरी १७ वर्षमा प्रवेश गरेको हो । सदरमुकाम चरिकोटवाट प्रसारण हुँदै आएको हाम्रो रेडियो दोलखाको दोश्रो सामुदायिक एफएम हो । २५० वाट क्षमताको रेडियोको प्रसारण दोलखा र आसपासका जिल्लाहरुमा सुन्न सकिन्छ । ‘नयाँ नेपालको नयाँ आवाज, आवाजविहिनहरुको आवाज’ भन्ने मुल नाराका साथ स्थापना भएको हाम्रो रेडियो दोलखा र आसपासका जिल्लामा लोकप्रिय मानिन्छ । हाम्रो रेडियोले बिशेष गरी समाचार र समाचारमुलक कार्यक्रमलाई प्राथमिकता दिँदै आईरहेको छ ।

वार्षिक उत्सवको अवसरमा रेडियो सञ्चालक समितिका सचिव लक्ष्मण खड्काले बिज्ञप्ति जारी गर्दै १६ बर्ष लामो यात्रामा सहयोग गर्ने श्रोता, विज्ञापनदाता, सहयोगी तथा शुभेच्छुकहरुप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । बद्लिदो परिस्थितीमा राष्ट्र, राष्ट्रियता र संबिद्यानको रक्षा गर्दै परिवर्तनलाई संस्थागत गर्न हाम्रो रेडियोले शसक्त भूमिका निर्वाह गर्ने विज्ञप्तिमा उल्लेख छ ।

रेडियो संचालक समितिले सूचना र सञ्चारको क्षेत्रमा अफवाह र भ्रम बढ्न थालेको भन्दै सत्य, तथ्य र यथार्थपरक समाचार आम श्रोता माझ पुर्याउन संधै लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ । वार्षिक उत्सवको सन्दर्भमा हाम्रो रेडियोले रेडियोको सवालमा बृहत अन्तरक्रियाको आयोजना गरेको छ ।