images
images

सिन्धुलीको सुनकोशी गाउँपालिकामा कुकर बम विष्फोट

  • २ चैत्र २०८०, शुक्रबार ०८:४९

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकामा कुकर बम विष्फोट भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा कुकर बम विष्फोट भएको हो । आज बिहान करिब ३ बजे दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विष्फोट भएको हो । विष्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएपनि टेलिकमको टावरमा भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिनुभयो । बम विष्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट टोली खटिएको थियो । घटनास्थल नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पनि पारेको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको र विष्फोट गराउने काममा संलग्नहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।