images
images

सिंगटी हाइड्रोपावरले अवितरित शेयर लिलाम मार्फत बिक्री गर्दै, ९८ लाख ८८ हजार कित्ता बाँडफाँट

  • २ चैत्र २०८०, शुक्रबार ११:१७

जिरी (दोलखा) । सिंगटी हाइड्रोवापर लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम मार्फत विक्री गर्ने भएको छ ।

कम्पनीले १ बराबर १ को अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो । कम्पनीले ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको जनाएको छ । सो शेयरमा चैत १२ गतेदेखि २० गतेसम्म इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा शेयर खरिदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम संख्याको लागि कुनै पनि सिमित हद तोकिएको छैन । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिन्धु विकास बैंकको दोलखा शाखा, मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसैबीच, सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको हकप्रद शेयरहरू बाँडफाँट सम्पन्न गरिएको छ । कम्पनीले गत पुस २१ गतेसम्म कायम साविक सेयर धनीहरूका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । जसमध्ये रितपूर्वक आवेदन दिने ७६ हजार २०० जना शेयर धनीहरुलाई ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद शेयर गत फागुन ३० गते बाँडफाँट गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।