images
images

अर्थमन्त्री वर्षमान पुन अमेरिका प्रस्थान

  • ३ बैशाख २०८१, सोमबार ०६:५८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अमेरिका प्रस्थान गर्नुभएको छ ।

विश्व बैँक र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री पुन अमेरिका जानुहुने भएको हो । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान २ बजे कतार एयरवेजको जहाजबाट उड्नुभएको हो । अर्थमन्त्री पुनसँग मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, विश्व बैँक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भूपालराज शाक्य रहेका छन् ।

यस्तै अर्थमन्त्री पुनले अमेरिकी अन्तराष्ट्रिय विकास नियोगका उच्च पदाधिकारी, अमेरिकी अन्तराष्ट्रिय विकास वित्त निगमका पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष अतुल कास्यपसहित निजी क्षेत्रका प्रतिनिधिहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने भएको छ ।