images
images

नक्कली प्रहरी बनेर लुटपाट गर्ने रामेछापका एक सहित तीन जना पक्राउ

  • ३० भाद्र २०७९, बिहीबार १८:१३

काठमाडौँ । काठमाडौँमा नक्कली प्रहरी बनेर लुटपाट गर्ने रामेछापका एक सहित तीन जना पक्राउ परेका छन् ।

प्रहरी लुटपाट गरेको आरोपमा रामेछापको सुनापाती गाउँपालिका वडा नम्बर १ घर भइ हाल पकन बस्दै आएका २० वर्षीय मिन बहादुर तितुङ (रोहित), सिन्धुलीको मरिन गाउँपालिका घर भइ सोही स्थान बस्ने ३० वर्षीय देव लामा र भोजपुरको रामप्रसाद राई गाउँपालिका घर भइ हाल भक्तपुर बस्ने २९ वर्षीय योगेन्द्र तामाङलाई पक्राउ गरेको हो । गत भदौ ५ गते राती काठमाडौंको ठमेलमा सञ्चालित ओरियण्टल मनी एक्सचेन्जबाट मनी एक्सचेन्जका कर्मचारी कोठा जाने क्रममा म्हैपी पानी ट्याङ्की नजिकै ३ वटा मोटरसाइकलमा आएका ५ जना अपरिचित व्यक्तिहरूले मोटरसाइकल रोकेका थिए । आफूहरु प्रहरी बताउने उनीहरुले ती कर्मचारीलाई जबर्जस्ती मोटरसाइकलमा राखी म्हैपी, सोह्रखुट्टे, खुसिबु हुँदै शोभा भगवतीको पुल मुनिबाट डल्लु पु¥याएर हातपात गर्नुका साथै उनीहरुको साथमा रहेको ३० लाख २३ हजार नगद, मोबाइल, लाईसेन्स र ब्लु बुक समेत रहेको झोला लुटी फरार भएका थिए ।

फरार रहेका उनीहरुमाथि खोजी कार्य जारी राखेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कपनबाट पक्राउ गरेको हो । अन्य दुई जना भने अझै फरार रहेका छन् । पक्राउ परेका तीनै जनालाई अपहरण तथा डाँका चोरी कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।