images
images

विवादका क्रममा खुकुरी प्रहार गरी हत्या, संखुवासभाका युवक पक्राउ

  • ३ चैत्र २०८०, शनिबार १७:५२

संखुवासभा । खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा संखुवासभाका एक युवक पक्राउ परेका छन् ।

सभापोखरी गाउँपालिका–२ तल्लो ज्यामिरे का २९ वर्षीय रविन चामङलिङ राईको हत्या गरेको आरोपमा सोही स्थानका २६ वर्षीय सङचिल राई पक्राउ परेका हुन् । सङचिलले आपसी विवादको क्रममा नविनलाई धारिलो हतियार खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका रविनको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको थियो ।

थप उपचारका लागि घोपा धरान लगिएको थियो । घोपा धरानमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यद्यपी खुकुरी प्रहार गर्नुका कारण भने खुलेको छैन् । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।