images
images

काभ्रेपलाञ्चोकका एक सहित १९ जना डीएसपीहरुको पदस्थापन

  • ४ बैशाख २०८१, मंगलवार ०६:३४

काठमाडौँ । काभ्रेपलाञ्चोकका एक सहित १९ जना डीएसपीहरुको पदस्थापन भएको छ ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले १९ जनालाई पदस्थापन गर्ने निर्णय गर्नुभएको हो । जसअनुसार उहाँले जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, काभ्रेपलाञ्चोकका जनार्दन घिमिरेलाई साइबर ब्युरोमा काज सरुवा गर्नुभएको हो । यस्तै भिषणबाबु राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र रुपकबहादुर खड्कालाई प्रहरी कार्यालय स्थित कानुन शाखामा काज सरुवा गरिएको छ । नेपाल सरकार, गृह मन्त्रालयको गत चैतको निर्णयअनुसार चैत २८ गतेदेखि लागु हुने गरी जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा गरिएको हो ।