images
images

रामेछापमा भीरबाट लडेर एक महिलाको मृत्यु

  • ४ बैशाख २०८१, मंगलवार ०८:५९

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

लिखु तामाकोशी गाउँपालिका–७ अधिकारी डाँडाका धुलबहादुर अधिकारीकी ६५ वर्षीया श्रीमती काली अधिकारीको मृत्यु भएको हो । वडा कार्यालयबाट युरिया मल बोकी घर फर्किने क्रममा सोही स्थानको धोरेढुंगो भिरबाट लडेर उनी गम्भीर घाईते भएकी थिइन् । गम्भीर घाईते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्तक कालीको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।