images
images

शैलुङ गाउँपालिकाका थप ११ जना कर्मचारीमा कोरोना संक्रमण

  • ३ माघ २०७८, सोमबार ०९:५९

दोलखा । दोलखाको शैलुङ गाउँपालिकाका थप ११ जना कर्मचारीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

आज ३३ जना कर्मचारीको एन्टिजेन परिक्षण गर्दा ११ जनाको रिर्पोट पोजेटिभ आएको गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । संक्रमित सवै पुरुष हुन् । यसअघि ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । हालसम्म शैलुङ गाउँपालिकाका १७ जना कर्मचारी संक्रमित भइसकेका छन् । संक्रमित कर्मचारीहरु होम आइसोलेसन र संस्थागत आइसोलेसनमा बसेका छन् । कर्मचारी धमाधम संक्रमित भइरहे पनि गाउँपालिकाले अहिलेसम्म सेवा प्रवाह भने नरोकेको बताएको छ ।