images
images

काभ्रेपलाञ्चोकमा आगलागीमा परी एक जना गम्भीर घाईते

  • ४ चैत्र २०८०, आईतवार ०७:३१

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आगलागीमा परी एक पुरुष गम्भीर घाईते भएका छन् ।

महाभारत गाउँपालिका–२ मुलडाँडाका ४१ वर्षीय दनुवार घिसिङको घरभित्र रहेको सामान लिन जाने क्रममा गम्भीर घाईते भएका हुन् । उनको ढुंगा, माटोको गारो, जस्ताले छाएको, पाली खरले छाएको १ तले घरमा अचानक आगलागी भएको थियो । सो आगलागी भएको स्थानमा घर भित्र रहेको सामानहरु झिक्न जाँदा उनी गम्भीर घाईते भएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।

गम्भीर घाईते भएका उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घरभित्र रहेको लत्ताकपडा, अन्नपात, फर्निचर सामान, भाँडाकुँडा र नगद गरी करिब १ लाख ५ हजारको क्षति भएको छ ।