images
images

सिन्धुलीमा रुख ढाल्ने क्रममा युवकको मृत्यु

  • ४ चैत्र २०८०, आईतवार १४:५०

सिन्धुली । सिन्धुलीमा रुख ढाल्ने क्रममा हागाले लागेर एक युवकको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका–१ तिनतले पाखास्थित घागरठाकुर सामुदायिक बनमा चिलाउनेको रुख काट्ने क्रममा हागाले लागेर कमलामाई नगरपालिका–५ सिलामे का ३२ वर्षीय लोकनारायण श्रेष्ठको मृत्यु भएको हो । सामुदायिक बनको ठेक्का लागेको चिलाउनेको रुख काट्ने क्रममा श्रेष्ठलाई सोही रुखको हाँगा उछिट्टएर टाउकोमा लागेर घटनास्थलमै मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमा प्रहरी चौकी डांडिगुरासेबाट प्रहरी टोली खटिएकोे थियो । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।