images
images

बागमती प्रदेशमा मन्त्रालयको किचलो, एकीकृत समाजवादीका सामु दुई विकल्प

  • ५ बैशाख २०८१, बुधबार १४:३६

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिएको १७ दिन बितिसक्दा अझैपनि मन्त्रीमण्डल बाँडफाँड टुंगो लाग्न सकेको छैन ।

मुख्यमन्त्री जम्कट्टेलले गत चैत्र १९ गते बिश्वासको मत लिएर सत्ता सुरक्षित गरेपछि १२ वटा मन्त्रालय र १३ जना मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्रीले एकीकृत समाजवादीबाट रमा आले मगरलाई बिना बिभागीय मन्त्री नियुक्त गरेको १७ दिन बितिसकेपनि अझै मन्त्रालयको व्यवस्थापन हुन सकेको छैन । बिनाविभागीय मन्त्रीका रुपमा नियुक्त मन्त्री मगरले प्रदेश सरकारले सेवा सुविधा नदिँदा प्रदेश राजधानी हेटौँडा समेत जान नपाएको गुनासो गरेकी छन् । जम्कट्टेलको मुख्यमन्त्री पद संकटमा पर्नेमा बेला बार्गेनिङ गरेर मन्त्री बनेकी आलेमगर सपथ ग्रहण लगत्तै राजधानी फर्किएकी थिईन् । बागमती प्रदेशमा ३ वटा मन्त्रालय लिने आश्वासन पाएको एकीकृत समाजवादीको तर्फबाट मन्त्रीको व्यवस्थापनका लागि विना बिभागीय मन्त्रालयको प्रस्ताव गरिएको थियो ।

मुख्यमन्त्रीले एकीकृत समाजवादीबाट रमा आले मगरलाई बिना बिभागीय मन्त्री नियुक्त गरेको १७ दिन बितिसकेपनि अझै मन्त्रालयको व्यवस्थापन हुन सकेको छैन । मुख्यमन्त्री जम्कट्टेलले विना विभागीय मन्त्रीको व्यवस्थापनका लागि रोजेको २ मन्त्रालय वा मन्त्रालय विभाजन गरी ३ मन्त्रीको प्रस्ताव अघि सारेका छन् ।

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने शर्तमा मन्त्री नियुक्त भएकी उनले एक साताभित्रै टुंग्याएर आफूले बिनाबिभागीय मन्त्रीको सपथ लिन तयार भएको बताएकी छन् । चैत्र १९ मा मुख्यमन्त्री जम्कट्टेलले सदनबाट विश्वासको मत लिने प्रायोजनका लागि बोलाईएको प्रदेशसभा बैठकमा बिना बिभागीय मन्त्री मगरले तीन घण्टा ढिलो गर्दा दिउँसो १ बजेका लागि बोलाईएको बैठक ४ बजेका लागि सारिएको थियो ।

मुख्यमन्त्री जम्कट्टेलले विना विभागीय मन्त्रीको व्यवस्थापनका लागि रोजेको २ मन्त्रालय वा मन्त्रालय विभाजन गरी ३ मन्त्रीको प्रस्ताव अघि सारेका छन् । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जम्कट्टेलले एकीकृत समाजवादीलाई ३ मन्त्री कायम रहे मन्त्रालय विभाजन गरेर बिभागीय जिम्मेवारी तोक्ने र एक फिर्ता गरी २ मन्त्री लिएको खण्डमा मन्त्रालय हेरफेर गरी रोजेको मन्त्रालय दिन सक्ने गरी प्रस्ताव गरेका हुन् ।