images
images

यी हुन् आज मध्यरातिदेखि राजनितिक दलले गर्न नपाउने कुराहरु

  • १ मंसिर २०७९, बिहीबार ०७:४४

काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।

निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदान अघिको ४८ घण्टालाई स्थिर समय भनिएको हो । स्थिर समय अर्थात मौन अवधिमा दल तथा उम्मेदवारको पक्षमा कुनै पनि निर्वाचन सामग्री प्रचार गर्न पाईने छैन । मंसिर ४ बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानअघिको ४८ घण्टा अर्थात आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । स्थिर अवधिमा दल तथा उम्मेदवारको पक्षमा छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी गर्न र कुनै पनि विधिबाट मत माग्न पाइनेछैन ।

यस्तै यो अवधिमा मतदानस्थलअघि राखिएका दल तथा उम्मेदवारका प्रचारप्रसार सामग्री सम्बन्धित दल तथा उम्मेदवारले पूर्ण रुपमा हटाउनु पर्नेछ । निर्वाचन आयोगले स्थिर अवधि अगावै उम्मेदवार र उनीहरुका प्रशंसकहरुका फेसबुक, टिकटक लगायत पेजका स्पोन्सर सामाग्री हटाउन आग्रह गरेको छ ।