images
images

रुसी सेनामा भर्ती भएका कञ्चनपुरका युवक स्वदेश फिर्ता, १० जना युद्धभूमिमै

  • ५ चैत्र २०८०, सोमबार ०६:३१

रुसी सेनामा भर्ती भएका कञ्चनपुरका एक युवक स्वदेश फर्किएका छन् ।

कञ्चनपुरको शुक्लाफाँट नगरपालिका–६ का २४ वर्षीय सिंजनबहादुर सिंह रुसी सेनाबाट भागेर भारतको दिल्ली हुँदै स्वदेश फर्किएका हुन् । सिंह घर समेत धितो राखेर गत भदौमा ७ लाख ५० हजार रुपैयाँ ऋण निकालेर रुस गएका थिए । सुरुमा रुसी सरकारले तलब दिए पनि पछिल्लो तीन महिनामा तलब पनि नदिएको र भोकभोकै काम गर्न नसकिने अवस्था आएपछि भागेर नेपाल आएको उनले बताएका छन् । तर उनीसँगै रुस गएका १० जना साथीहरु भने युद्धभूमिमा ढलेको पाइएको छ ।

युद्ध लडिरेहको रुसी सेनाको फौजबाट भागेर राजधानी मस्को पुगेका सिंह घरबाट पैसा मगाएर दिल्ली हुँदै सिंह स्वदेश फर्किएका हुन् । रुसी सेनामा भर्ना भएका नेपालीको अवस्था हाल दयनीय रहेको उनको भनाई छ ।