images
images

काभ्रेपलाञ्चोकमा रुखबाट लडेर एक युवकको मृत्यु

  • ५ चैत्र २०८०, सोमबार ०९:१७

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको सूर्यगढी गाउँपालिकामा रुखबाट लडेर एक युवकको मृत्यु भएको छ ।

सूर्यगढी गाउँपालिका–१ लच्याङजोङका ३८ वर्षीय जित बहादुर तामाङको रुखबाट लडेर मृत्यु भएको हो । घरदेखि ३ सय ५० मिटरमा रहेको बारीमा रहेको सिरिसको रुखको हाँगामा राखिएको कोदोको नल निकाल्ने क्रममा रुखको हाँगो भाँचिदा रुखबाट लडेर उनी गम्भीर घाईते भएका थिए । गम्भीर घाईते भएका उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।