images
images

कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

  • ५ चैत्र २०८०, सोमबार १७:५५

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सरकारी वकिलको कार्यालयमा बयान दिएपछि अदालतमा पुर्याइएका महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । आज बिहान भैरहवाबाट पक्राउ परेका महरालाई यति एयरको जहाजमार्फत् काठमाडौं लगिएको थियो । साउन २ गतेमा ब्रेक–सूमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा भेप (विद्युतीय चुरोट) ल्याइएको ९ किलो सुन तस्करीमा महरा, उनका छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरूङसहित मुछिएका थिए ।

सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो । हिजो उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिनुभएको थियो ।