images
images

काभ्रेपलाञ्चोकमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

  • ५ चैत्र २०८०, सोमबार १८:०९

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोशी गाउँपालिका–६ का २६ वर्षीय कान्छामान विक रहेका छन् । नमोबुद्ध नगरपालिका–६ रोशी खाक्से वार्का खोलामा रहेको कासिखण्ड बृहत खानेपानी आयोजनामा काम गर्ने कामदारहरु स्थानीय ४० वर्षीय अमर कामी, २२ वर्षीय मनोज थापा मगर र मृत्तक विक पौडी खेल्न भनी खोलामा गएका थिए । खोलामा पौडी खेल्ने क्रममा विकको भने मृत्यु भएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।