images
images

दोलखामा डढेलोः १२६ हेक्टर वनमा क्षेती, वन कार्यालयको भूमिका कमजोर

दोलखा । सुख्खायाम सुरु भएसँगै दोलखाका वनजंगलमा वर्षेनी आगलागीबाट ठूलो वन क्षेत्रमा क्षति पुग्ने गरेको छ ।

यसरी वर्षेनी ठूलो वन क्षेत्रमा आगलागी हुँदा लोपउन्मुख बन्यजन्यु, महत्वपुर्ण जडिबुट्टी लगायतमा क्षति हुने गरेको छ । आगलागीबाट वर्षेनी ठुलो वन क्षेत्रमा क्षति भइरहेपनि डिभिजन वन कार्यालय दोलखाले आगो लगाउने व्यक्तिको पहिचान गर्न र कानुनी दायरामा ल्याउन सकेको छैन । डिभिजन वन कार्यालयको बेवास्ताका कारण दोलखाका विभिन्न सामुदायिक तथा कबुलियति वनमा वर्षेनी आगलागीबाट ठुलो क्षति हुने गरेको छ । यो वर्षपनि जिल्लाको १ सय २६ दशमलव ५ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ ।

डिभिजन वन कार्यालय दोलखाका अनुसार ११ वटा सामुदायिक र दुई वटा कबुलियति वनको १ सय २६ दशलमव ५ हेक्टर क्षेत्रफलमा आगलागी भएको हो । साउनदेखि चैत २१ गतेसम्मको तथ्यांकलाई हेर्दा कालिञ्चोक गाउँपालिकाको शुक्राम सामुदायिक वनमा आगलागीबाट सबैभन्दा ठुलो क्षति पुगेको देखिएको छ । कालिञ्चोक ९ स्थित शुक्राम सामुदायिक वनको ५४ हेक्टर क्षेत्रफलमा आगलागी भएको हो । यस्तै भीमेश्वर नगरपालिका ५ स्थित विचौर सामुदायिक वनको २५ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पु¥याएको छ भने भीनपा २ मा रहेको नागढुंगा निचिपुल सामुदायिक वनमा आगलागीबाट १० हेक्टर क्षेत्रफल वनमा क्षति पुगेको छ ।

आगलागीबाट वर्षेनी ठुलो वन क्षेत्रमा क्षति भइरहेपनि डिभिजन वन कार्यालय दोलखाले आगो लगाउने व्यक्तिको पहिचान गर्न र कानुनी दायरामा ल्याउन सकेको छैन । डिभिजन वन कार्यालयको बेवास्ताका कारण दोलखाका विभिन्न सामुदायिक तथा कबुलियति वनमा वर्षेनी आगलागीबाट ठुलो क्षति हुने गरेको छ । यो वर्षपनि जिल्लाको १ सय २६ दशमलव ५ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ ।डिभिजन वन कार्यालयले वनमा लागेको आगो नियन्त्रणका लागि हरित स्वयमसेवक तयारी अवस्थामा राखेको दावि गरेपनि यी स्वयमसेवक कहाँबाट कसरी खटिन्छन् भन्ने विषयमा सर्वसाधरण नागरिक अनविज्ञ छन् ।

डिभिजन वन कार्यालय दोलखाका अनुसार आगलागीबाट तामाकोशी गाउँपालिका ५ को गणेशथान सामुदायिक वन ७ हेक्टर, गौरीशंकर गाउँपालिका ३ स्थित तारेभिर कवुलियति वन, भीमेश्वर नगरपालिका १ को दमारथामी देउराली सामुदायिक वन, भीनपा ७ को माझखर्क लिसेपानी सामुदायिक वन, तामाकोशी गाउँपालिका ५ को इन्द्रावती तिलखोरिया सामुदायिक वन तथा मेलुङ गाउँपालिका २ को पालेको साजेको साउखोरीया सामुदायिक वनमा आगलागीबाट ५–५ हेक्टर क्षेत्र वनमा क्षति पुगेको छ ।

यसैगरी शैलुङ गाउँपालिका ५ को लालिगुराँस सामुदायिक वनमा ३ हेक्टर, गौरीशंकर गाउँपालिका ३ को झाँक्रेथान कवुलीयती वन र मेलुङ गाउँपालिका १ को भ्याकुरे ढुकेभिर सामुदायिक वनमा आगलागीबाट दुई–दुई हेक्टर क्षेत्रफल वन तथा शैलुङ गाउँपालिका ५ को जनहित सामुदायिक वनमा एक हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । डिभिजन वन कार्यालय दोलखाका सहायक वन अधिकृत अलंकार ढुंगानाले सामुदायिक र कबुलियति वनमा धमाधम आगलागीका घटना भइरहेपनि आगो लगाउने व्यक्तिको पहिचानमा समस्या भएको बताउनुभयो ।

कुनै व्यक्तिले जंगलमा आगो लगाएर क्षति भएमा क्षति भए बराबरको विगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । तर जंगलमा आगो लगाउने व्यक्तिको पहिचानमा समस्या हुने भएकाले वर्षेनी वन डढेलोबाट ठुलो क्षति हुने गरेको छ । चालु आर्थिक वर्ष डिभिजन वन कार्यालयमा आगो नियन्त्रणका लागि १२ लाख बजेट आएको थियो । सो बजेटबाट डिभिजन वन कार्यालयले १० जना हरित स्वयमसेवक परिचालन गरेको छ । कुनै सामुदायिक वनमा आगो लागेको जानकारी पाउनासाथ उपकरण सहित तत्काल परिचालन हुनेगरी १० जना हरित स्वयमसेवकलाई तयारी अवस्थामा राखिएको सहायक वन अधिकृत ढुंगानाले बताउनुभयो ।

कुनै व्यक्तिले जंगलमा आगो लगाएर क्षति भएमा क्षति भए बराबरको विगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । तर डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालयमा कार्यरत कर्मचारीहरुले नै आगलागीका घटना न्युनिकरणमा वेवास्ता गरेको स्थानीयको आरोप छ । भनेको समयमा कार्यालयमा कर्मचारी नहुने, फोन रिसिव नहुने समस्याका कारण कुनै वनमा आगलागी भइहालेमा तत्काल जानकारी गराउन नपाईने अवस्था रहेको स्थानीयहरुले गुनासो गरेका छन् । 

डिभिजन वन कार्यालयले वनमा लागेको आगो नियन्त्रणका लागि हरित स्वयमसेवक तयारी अवस्थामा राखेको दावि गरेपनि यी स्वयमसेवक कहाँबाट कसरी खटिन्छन् भन्ने विषयमा सर्वसाधरण नागरिक अनविज्ञ छन् । उनीहरुलाई डिभिजन वन कार्यालयले कर्मचारी राखेको र वनमा आगो लाग्दा खटाउँछ भन्ने जानकारी नहुँदा कुनै जंगलमा आगो लागिहालेमा स्थानीय आफैं निभाउन सक्रिय हुन्छन् । यसलाई हेर्दा डिभिजन वन कार्यालय आगलागीका घटना नियन्त्रण गर्न असफल जस्तो देखिएको छ ।

डिभिजन वन कार्यालयको ६ वटा सव डिभिजन कार्यालय छन् । भीमेश्वर सव डिभिजन चरिकोट, कालिञ्चोक सव डिभिजन सिंगटी, हनुमन्ते सव डिभिजन जिरी, तामाकोशी सव डिभिजन जफे, मेलुङ सव डिभिजन शितली र शैलुङ सव डिभिजन मागापौवा गरी ६ वटा सव डिभिजन छन् । तर डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालयमा कार्यरत कर्मचारीहरुले नै आगलागीका घटना न्युनिकरणमा वेवास्ता गरेको स्थानीयको आरोप छ । भनेको समयमा कार्यालयमा कर्मचारी नहुने, फोन रिसिव नहुने समस्याका कारण कुनै वनमा आगलागी भइहालेमा तत्काल जानकारी गराउन नपाईने अवस्था रहेको स्थानीयहरुले गुनासो गरेका छन् । सुख्खायाम सुरु भएसँगै दोलखाका सामुदायिक, निजि र कवुलियति वनमा धमाधम आगलागीका घटनाहरु भइरहेका छन् ।