images
images

दोलखा र रामेछापमा दुई हजारलाई म्यादी प्रहरीमा रोजगारी

  • २ आश्विन २०७९, आईतवार ०७:४०

जिरी (दोलखा) । दोलखा र रामेछापमा आगामी निर्वाचनका लागि करिब दुई हजार युवायुवतीले म्यादी प्रहरीमा रोजगारी पाउने भएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दोखला र रामेछापमा करिब २ हजार म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । दोलखामा करिब १ हजार म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाएको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार हिजोसम्म साँढे २ सय बढीको आवेदन परेको छ ।

यसैगरी, रामेछापमा आगामी निर्वाचनका लागि साढे ९ सय म्यादी प्रहरीका लागि आवेदन खुलेको छ । मंसिरमा हुने निर्वाचनलाई लक्षित गरी ९ सय बढी म्यादी प्रहरी माग गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय दोलखा र रामेछापले भदौ ३० गतेदेखि म्यादी प्रहरी बन्न योग्य उम्मेदवारको आवेदन माग गरेको छ । हाल म्यादी प्रहरीमा भर्ना हुनको लागि आवेदन दिने क्रम जारी छ । आवेदक दरखास्त फारम दर्ता गर्ने मितिसम्म १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ ।

निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्य अवधि ४० दिनको हुनेछ । भदौ ३० गतेदेखि देशभर १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलेको हो । म्यादी प्रहरीले एकमुष्ठ ३४ हजारको दरले तलब पाउने छन् ।