images
images

सर्वोच्च अदालतले जरुरी प्रकृतिका मुद्धामा मात्रै सुनुवाई गर्ने

  • ५ माघ २०७८, बुधबार ०५:४९

काठमाडौं । सर्वोच्च अदालतले आजबाट अत्यन्त जरुरी प्रकृतिका मुद्धामा मात्रै सुनुवाई गर्ने भएको छ ।

कोरोना महामारीका कारण सेवा कटौती गरेको अदालतले जरुरी प्रकृतिका मुद्धामा मात्रै सुनुवाई गर्ने भएको हो । बन्दीप्रत्यक्षिकरण तथा कोभिड १९ महामारीसँग सम्बन्धीत अत्यन्त जरुरी प्रकृतिका रिट निवेदन सहित ६ प्रकारका सेवा मात्रै सर्वोच्चले दिनेछ । मंगलबार बसेको पुर्ण बैठकले कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि माघ ५ गतेदेखि माघ १८ गतेसम्म आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो । कर्मचारीमा धमाधम कोरोना संक्रमण देखिएपछि सर्वोच्चको सेवा कटौती भएको हो ।