images
images

नेपालमा एकै दिन ११ हजार बढी कोरोना संक्रमित थपिए

  • ५ माघ २०७८, बुधबार १०:५४

काठमाण्डौं । नेपालमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ ।

देशभर आज एकैदिनमा ११ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो । देशभर पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।

कोरोना परीक्षणको शुल्क घट्यो

यसैबीच, सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अन्यका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्कदर एक हजार थियो । यस्तै, निजी प्रयोगशालाहरुमा पीसीआर परिक्षणको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि सो शुल्क दुई हजार थियो ।