images
images

एकिकृत समाजवादीले एमसीसी सम्झौतालाई संसदमा टेबल गर्न नरोक्ने

  • ७ फाल्गुन २०७८, शनिबार १५:२५

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)ले एमसीसी सम्झौतालाई संसदमा टेबल गर्न नरोक्ने भएको छ ।

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीले एमसीसीलाई संसदमा टेबल गर्न दिने मध्यमार्गी निर्णय गरेको हो । बैठकको निर्णयबारे जानकारी दिँदै सहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले स्थायी समिति बैठकले एमसीसी सम्झौतलाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको जानकारी दिनुभयो । तर, संसद्मा टेबल भएको एमसीसी यथास्थितमै पारित गर्न भने नसकिने निष्कर्ष निकालेको छ ।

एमसीसीबारे सत्ता गठबन्धनमा विवाद रहेको छ । विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि एमसीसीलाई संसदमा टेबल गर्न नसकिरहेको बेला एकिकृत समाजवादीले संसदमा टेवल गर्न दिने निर्णय गरेको हो ।