images
images

प्रधानमन्त्री देउवा आज दोलखा आउँदै

  • ५ चैत्र २०७८, शनिबार ०७:३४

जिरी (दोलखा) ।  प्रधानमन्त्री शेर बहादुर देउवा आज दोलखा आउनुहुने भएको छ ।

प्रधानमन्त्री देउवा आज विहान १० बजे हेलिकप्टर मार्फत दोलखा आउनुहुने भएको हो । उहाँ स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको उद्घाटन र आयोजनाको ड्याम साइट र सुरुङमार्ग लगायतको अवलोकनका लागि जिल्ला आउन लाग्नुभएको हो । आज उद्घाटन हुन लागेको नयाँ खिम्ती सबस्टेसन नेपालको केन्द्रीय विद्युत प्रणालीमा जोडिएको हालसम्मको दोश्रो ठूलो सबस्टेसन हो । सबस्टेसनमार्फत ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ५२ दशमलव ४ मेगावाटको लिखु–४ र २४ दशमलव २ मेगावाटको लिखु ‘ए’ आयोजनाहरुको विद्युत प्रणालीमा जोडिएको छ ।

उत्पादन सुरु भएदेखि माथिल्लो तामाकोशीबाट फागुन मसान्तसम्म ९६ करोड ९० लाख युनिट विद्युत् यही सबस्टेसन भएर प्रवाह भइसकेको छ ।